कैलाली। सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ। फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन्।
सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो । तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरू आक्रोशित छन् । बाजुराको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ। सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो। बाजुरामा चुनावको नयाँ मिति तोकिएको छैन।
बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविका दुई केन्द्रमा भने आज चुनाव हुँदैछ । यस्तै बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र आधावगर माविका दुई केन्द्रमा भोलि मतदान हुने भएको छ। यस्तै बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि भोलि मतदान हुने भएको निर्वाचन आयोगको ई बुलेटिनमा उल्लेख छ। कञ्चनपुरको पुनर्वास नगरपालिका विजय मावि, भीम विकासबस्तीको् एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मावि, बाबला दुई र अछामकै पञ्चदेवलविनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रको मिति पनि तोकिएको छैन ।