धनगढी। धनगढी उपमहानगरपालिकामा २९५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।अहिले सम्मको मतगणना अनुसार २ हजार ९५३ मतगणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हमालको १३८६ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८०७, नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत पाएका छन्।शनिवार दिउसो साढे १२ बजेबाट सुरु भएको मतगणना जारी छ ।


