धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । मेयर पदका उम्मेदवार ५२८ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २४६ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदमा नृपबहादुर वड (गठबन्धन कांग्रेस) १६२ मत , रणबहादुर चन्द (एमाले) २६ प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ११५ तथा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ८७ मत प्राप्त गरेका छन् । एमालेकी कन्दकला रानाले ७५ मत प्राप्त गरेकी छन्। भने बदरमत संख्या ९४ रहेको छ।