कैलाली। कैलालीको गोदावरीमा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणाम अनुसार कैलालीको गोदावरी नगरपालिकामा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो।
पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले ८९९ मत ल्याएका छन भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ७५९ मत पाएका छन । दुवै बिचको अन्तर १४० पुगेको छ । यसअघिको मतान्तर १९ मात्रै थियो । गोदावरी १ मा ८६५ मत गणना हुँदा कांग्रेसका भट्टले ४१३ मत र एमालेका भट्ट २८० मत ल्याएका छन । त्यस्तै गोदावरी १२ मा १३३० मत गणना हुँदा कांग्रेसका भट्टले ४८६ र एमालेका भट्ट ४७९ ल्याएका छन ।