कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले ६८ मत ल्याएकी छन्।
Advertisement



यस्तै, राप्रपाका निरज मल्लले ४९ मत ल्याएका छन्। उपमेयरमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी (गठबन्धन) ले ९७ मत ल्याउँदा एमालेकाकरुण बम बटलाले ६९ मत ल्याएका छन्। राप्रपाकी लक्ष्मी कुमारी चौधरीको ३५ मत आएको छ।
Advertisement
