दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ मा गठबन्धन तर्फका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ वडाअध्यक्षमा गठबन्धनतर्फबाट कांग्रेशका उम्मेदवार हरिलाल महता ६९९ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवारले ४६९ मत प्राप्त गरेका छन्।
गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष पदमा दलजितसिंह धामीको ६८३ मत प्राप्त भएको छ भने उपाध्यक्षमा जगतसिंह ठगुन्नाको ७०६ मत प्राप्त भएको छ ।प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमसिंह धामीको ४७४ मत र उपाध्यक्षमा एमालेले ४५१ मत प्राप्त गरेको छ ।गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको अग्रता देखिएको छ भने, वडाका उम्मेदवार निर्वाचित भइसकेका छन् ।