कैलाली। कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले शुरुआति अग्रता लिएको छ। शनिबार बिहान १०० मत गणनामा हुँदा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले ३४ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार श्याम खत्रीले १८ मत पाएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए। सत्तारुढ गठबन्धनका उम्मेदवार नवराज रावलले १६ मत पाएका छन्। शुक्रबार भएको मतदानामा ३१ हजार २९३ मत खसेका छन्। टीकापुरमा ५२ हजारभन्दा बढी मतदाता छन्। २०७४ सालको निर्वाचनमा एमालेका तपेन्द्रबहादुर रावल मेयरमा निर्वाचित भएका थिए। उनले पाँच हजार ९५९, मधेशी जनअधिकार फोरम लोकतान्त्रिका लौटन चौधरीले पाँच हजार ५३४, नेपाली कांग्रेसका जंगबहादुर साउँदले पाँच हजार ५१४ र नेकपा ९माओवादी केन्द्र०का ललितबहादुर थापाले पाँच हजार ५१० मत पाएका थिए।