काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको छ।
उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ ।लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ
। त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने पनि आयोगको भनाइ छ । आयोगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको छ ।