बाजुरा। बाजुराको बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कफ्र्यु जारी गरिएको छ । बाजुराको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। राती ८ बजे देखी भोली बिहान ७ बजे सम्मका लागि जारी गरीएको प्रशासनको पत्रमा उल्लेख गरिएको छ ।