कैलाली। कैलालीका मतपेटिका सम्बन्धित मतगणना स्थानमा ल्याईएको छ । आज कैलालीका १३ वटै पालिकामा मतदान सकिएपछि मतपेटिका सम्बन्धित मतगणना स्थानमा ल्याईएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाका दुर्गम क्षेत्र बाहेकका मतपेटिका सम्बन्धित मत गणना हुने स्थानमा ल्याइएको डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्। डिएसपी जोशीका अनुसार कैलालीको सोल्टा तथा चिमडी बाहेकका मतदान स्थल बाहेक जिल्लाका अन्य मतदान स्थलबाट मतपेटिका सुरक्षाकर्मी तथा कर्मचारीको रोहवरमा सम्बन्धित गणना स्थलमा पुर्याएको जानकारी दिए । यस्तै स्टेट सेभेन अनलाईनसँग कुरा गर्दै डिएसपी बेदप्रकाश जोशीले कैलाली जिल्लामा शान्तीपुर्वक मतदान सम्पन्न भएको बताएका छन् । केही सामान्य छिटपुट घटना बाहेक मतदान सम्पन्न भएको बताएका छन् ।
यता, धनगढी उप-महानगरपालीका क्षेत्रमा भएको मतदानको मतपेटिका मत गणना हुने स्थान धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा ल्याईएको हो। मुख्य निर्वाचनको कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण उम्मेदवारहरुको निर्वाचनका लागि भएको मतदानको मतगणना उक्त भवनमा हुने जनाएको छ। मतदान सकिएपछि मतपेटिका प्राप्त भएसँगै उपमहानगरपालिकाको कार्यालय परिसरभित्रको नयाँ भवनमा भोली मतगणना हुनेछ। तीन वटा सभा हलमा सीसी क्यामेराको निगरानीमा मतगणना हुने निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन्। मतगणनाको कार्य शनिबारबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कैलालीमा ६५ प्रतिशत बढी मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु जानकारी दिएका छन्।