कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराएको भन्दै विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ।
पुनर्वास नगरपालिका वडा नं १० को विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराइएको विवादपछि मतदान स्थगित गरिएको हो । पुनर्वासका निर्वाचन अधिकृत कीरण जोशीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरूले आपसमा फर्जी मतदान गराएको आरोप लगाएका थिए।भारतमा रहेका नेपाली कामदारहरूको नाममा गाउँमै रहेकाहरूले मतदान गरिदिएको उनीहरूको आरोप थियो । निर्वाचन अधिकृत जोशीले उक्त आरोपबारे छानबिन भइरहेको जनाए। साथै अहिले उक्त केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन कहिले हुने भन्ने विषयमा चाहि एकिन नभएको उनले बताए। निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनले जानकारी दिए ।