धनगढी। धनगढी उपमहानगरपालिकाको मतगणना भोलि हुने भएको छ। आज भएको स्थानिय तह अन्तरगत भएको मतदानको मतगणना भोलि हुने भएको हो ।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि विहानदेखि मतगणना थालिने भएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने छ। धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुने निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।