धनगढी। धनगढी उपमहानगरमा मतदान सुरु भएको छ। स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भइरहेको छ ।
Advertisement



सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका विभिन्न केन्द्रमा मतदान भइरहेको हो। धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको हो। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।
उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन्। उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर ३ मा रहेका छन्। वडा नम्बर ३ मा कूल मतदाता ८ हजार २२१ रहेका छन्। यस्तै वडा नम्बर ५ मा ७ हजार ६४५ मतदाता रहेका छन्। मुख्य बजार क्षेत्र रहेको वडा नम्बर १ मा भने ७ हजार १३९ मतदाता रहेका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढीमा ३४ मतदानस्थल तोकिएका छन्। यस्तै १०४ मतदान ओटा मतदान केन्द्र धनगढीमा छन्।
Advertisement



Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु