कैलाली। कैलालीको गोदावरी नगरपालिका ६ मा भएको संघातिक आक्रमणको नेकपा एमालले भर्त्सना जनाएको छ। गोदावरी ६ एमाले अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीको घर परिवारका सदस्य माथि भएको आक्रमणको नेकपा एमाले गोदावरी नगरकमिटीले भर्त्सना गरेको जनाएको छ। नगरकमिटीका सचिब जिबन कुमार शाहले एक प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको बिरोध गर्दै घोर भर्त्सना गरेको हो ।
बैशाख २८ गते काँग्रेस का वडा अध्यक्षका उम्मेदवार जयराज फुलाराको नेत्रित्वमा करिब २०/२५ जनाको अपराधिक समुहले एमाले वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरी घर भित्र पसी ज्यान मार्ने उदेश्यका साथ खुकुरी लगाएतका हातहतियार सहित संघातिक आक्रमण गरिएको छ, एमालेले जारी बिज्ञप्तीमा भनिएको छ । उसले मौन अबधीमा मदिराजन्य पदार्थ सेबन गरी ज्यान मार्ने उदेश्यका साथ घटना संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कडा कार्बाहीको माग गरेको छ ।