कैलाली। डोटीमा आज बिहान भएको बस दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। आज बिहान कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका४ सानागाउँमा दुर्घटना भएको थियो।
Advertisement


डोटी प्रहरीका अनुसार दुर्घटनामा ३० जना घाइते भएका थिए। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिकाकी २५ वर्षीय सेतुदेवी रेग्मी, सोही ठाउँकी २० वर्षीया आकृती गिरी र बुढीगंगा नगरपालिका ६ का ५० वर्षीय नन्दराज रेग्मी हुन्।
Advertisement

उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले चालकको लापर्वाहीका कारण दुर्घटना भएको बताएको छ। बस चालक र सहचालक फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु