धनगढी। धनगढीमा मतदान केन्द्रका अधिकृत मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका २ वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।
भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।उनी धनगढीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रका अधिकृत समेत हुन्। मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।