दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ।
दुहुँ गाउँपालिका वडा नम्बर ५ का एमाले वडा अध्यक्ष पदका उम्मेदवार मानसिह बडाल माथि गठवन्धनका कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ। झडपमा वडा अध्यक्षका एमाले उमेदवार बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। मंगलबार बेलुकी वडानम्बर ५ मा मतदाताहरुलाई नमुना मतपत्रबारे जानकारी गराउदै फर्किने क्रममा चल्लेगडामा कुटपिट गरेको र झडप भएको थियो ।
एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।कुटपिट गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।