कञ्चनपुर। कञ्चनपुरका एक युवकको दुबईमा मृत्यु भएको छ । रोजगारीका लागि दुबई गएका कञ्चनपुरको वेदकोट नगरपालिका ४ बगुनका २२ वर्षिया खडक साउँदको मृत्यु भएको हो ।
दुबईकै एक रेष्टुरेटमा काम गर्ने उनी कोठामा मृत भेटिएको र मृत्युको कारण खुल्न नसकेको वेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले बताए। ुहिजो आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको खबर परिवारलाई आएको छु, उनले भने । मृतक साउँद भिजिट भिसामा दुई महिना दुबई गएका थिए ।