दार्चुला। दार्चुलामा बैशाख २७ देखि ३० गतेसम्म सीमानाका बन्द हुने भएका छन्। दार्चुला सदरमुकाममा बसेको नेपाल-भारत सीमा बैठकले सो निर्णय गरेको हो।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले भारतसंग सीमा जोडिएका सीमापुलहरु बैशाख २७ गते बेलुकी ७ बजेदेखि बैशाख ३० गते बेलुकी ७ बजेसम्मका लागि सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए। त्यस्तै निर्वाचनका बेला बिवाह र बिरामी परेको अवस्थामा मात्रै दुई देशको सहमतिमापुल खोल्ने गरी निर्णय गरेको भारत पिथौरागड जिल्लाका डिएम डा आशीष चौहानले बताएका छन्।