दार्चुला। दार्चुलाको खलंगामा नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। नेपालमा यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन, सीमा अपराध तथा चुनावलाई मध्यनजर गरी दुबै देशका अधिकारीहरूबीच शनिवार बैठक बसेको हो।
निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन,खुला सीमाका कारण हुनसक्ने आपराधिक घटना नियन्त्रण, सीमा सुरक्षालगायत विषयमा भारतीय सुरक्षा अधिकारीसँग छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। यससँगै सीमा क्षेत्रमा निर्माण भइरहेको तटबन्ध, झोलुंगे पुल र लागूऔषध ओसारपसार नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायको अध्यक्षतामा भएको बैठकमा भारत पिथौरागढ जिल्लाका अपर जिलाधिकारी ९एडिएम० फिचाराम चौहान, एसडिएम नन्दन कुमार, ५५ नम्बर बटालियन कमान्डेन्ट एसके शर्मा, डेपुटी कमाण्डेन्ट अमित कुमार, प्रभारी निरीक्षक कुवर सिह रावत, नेपाल तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति त्रिभुवन बिष्ट, प्रहरी प्रमुख प्रतीक विष्ट, प्रमुख अनुसन्धान अधिकृत महेश प्रसाद अवस्थी, सीमा प्रशासन कार्यालयका प्रमुख मोहनसिंह धामीलगायतको उपस्थिति रहेको थियो।