कैलाली। कैलालीको धनगढीमा युवायुवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १० को सुगथी नालामा रुखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा सोही ठाँउकै फुलनिया टोलका जय राज रानाका छोरा १७ वर्षीय अनुप राना र जुगेडा गाउँका प्रकाश रानाकी छोरी १६ वर्षीया आकृती राना हुन्।उनीहरुले एउटै दुपट्टाले सँगै पासो लगाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।