कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन्। परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी हुन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।
श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्। “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् । आफन्तले गुरुङलाई कसैले देखेमा प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।