धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय निर्वाचनपछि ५ दलिय गठबन्धन भताभुंग हुने दावी गरेका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
स्थानिय तहको निर्वाचनमा गठबन्धन अनुसार जनताले मत नदिएपछि गठबन्धन भत्किने ओलीले दावी गरे। जनताले एमालेलाइनै चाहेपछि गठबन्धनको पत्तासाप हुने बताए। चुनावीसभालाई सम्बोधन गर्दै ओलीले बर्तमान ५ दलिय गठबन्धनलाई गाली गर्न भ्याए । अध्यक्ष ओलीले अहिलेको गठबन्धन जनताको इच्छा अनुसार नभई परमादेशबाट बनेकाले जनबिरोधी कार्यमा मात्रै केन्द्रित भएको बताए ।
उनले भने, अबको नेपालको समय परमादेशीहरुको हैन् जनादेशीको हो,जनताको सार्बभौमसत्ता जनताको फैसलाबाट नेपाल बन्छ,नेपालको भबिश्य सुसासन, बिकास समृद्ध नेपाल सुखी नेपालीको समयको समय हो , अब नेकपा एमालेको भबिश्य हो । एमाले बाहेक एक्लै कसैले चिताए नचिताए हुन्छ, गठबन्धन चल्दै चल्दैन् । यो चुनावको परिणाम आएपछि गठबन्धनको हालत बेहाल हुन्छ उनले भने ।यस्तै पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले बिहिबार कैलाली र कञ्चनपुरमा आयोजित ३ वटा चुनावी सभालाई सम्बोधन गरे ।
ओलीले प्रचण्ड अहिले मुसो भएको आरोप लगाएका छन् । नेकपा हुँदा दोस्रो अध्यक्ष रहेर शेर जस्तै रहेका प्रचण्ड अहिले भिजेको विरालो होइन, मुसोजस्ता भएको ओलीले कटाक्ष गरे । उनले सत्ता गठबन्धनका चुनावी कार्यक्रममा कांग्रेसले प्रचण्ड र नेपाललाई बोल्नै नदिएको दाबी गरे । सात वटै प्रदेशमा गठबन्धनले आयोजन गर्ने कार्यक्रममा प्रचण्ड माधवलाई बोल्नै नदिई अपमान गरिदासम्म उहाँहरु मुसाझैँ पछि परिरहेको ओलीले बताए ।ओलीले नेकपा एमालेले जसरी पनि स्थानीय सरकार जित्नुपर्ने बताए । संसदीय निर्वाचनमा एमालेको सरकार बन्छ । देशभरि एमालेको जनलहर रहेको दावी गर्दै उनले अहिलेदेखि नै गाउँ गाउँमा एमालेलाई जिताए भोली केन्द्र सरकारलाई बजेट दिनपनि सहज हुने बताए ।भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस https://www.facebook.com/supamedia01/videos/523158696181119