कैलाली। कैलालीमा मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाईते भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलियामा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा लम्की चुहा२ का २८ बर्षका महेन्द्र बजगाई र लम्की चुहा ४ का १९ बर्षका नवीन चौधरी गम्भीर घाईते भएका छन् ।
पुर्व बाट पश्चिम जाँदै गरेको मोटरसाइकल नम्बर सुप प्र ०१००८ प ९२०० र से ६ प ३१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताएका छन्। गम्भीर घाईतेको लम्की स्थित लालरत्न अस्पतालमा उपचार पछि कोहलपुर रेफर गरिएको छ । गम्भीर घाईते मध्य महेन्द्रको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।