धनगढी। धनगढी उपमहानगरपालीका ४ निवासी खिमा देवी पाण्डेयले धनगढी ३ मा रहेको गौसालालाई नगद ५ हजार ५सय ५ रुपैयाँ सहयोग गरेकी छिन् । आज अक्षय तृतीयका दिनको अवसर पारेर सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) बाफतको सो रकम गौसालालाई नगद ५ हजार ५सय ५ रुपैयाँ सहयोग गरेकी हुन् ।
पाण्डेय अपांगता भएका जेष्ठ नागरिक भएकाले धनगढी ३ मा रहेको गौसालाका उपाध्यक्ष यसपाल अवस्थीलाई घरमै बोलाएर सो रकम सहयोग गरेको गौसालाका उपाध्यक्ष अवस्थीले जानकारी दिए । गौसालाका उपाध्यक्ष अवस्थीले वृद्ध भत्ताको पैसा जम्मा गरेर हाम्रो गौसालालाई एउटा उल्लेखनीय नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।
उनले भने, आफ्नो वृद्ध भत्ताको पैसा समेत जम्मा गरेर हाम्रो गौसालालाई समझिएर एउटा् उल्लेखनीय सहयोग गरेकोमा हार्दिक धन्यवाद छ । साथै गौ माताले उनलाई सदैब खुसी स्वस्थ राखुन। उनी फ़ेरि अपांग पनि छन् , हिंड्न् सक्नु हुदैन उनले भने, । मलाई घरमै बोलाएर सहयोग गर्नु भएको हो । सबैको सहयोग र बिश्वास रहेको बताउँदै गौसालाका उपाध्यक्ष अवस्थीले धन्यवाद ब्यक्त गरेका छन् ।


