दार्चुला। नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो।
नेपाली सेनाले दार्चुलाको तुषारपानी कोठेधार सडकको ट्रयाक खोल्नका लागि ‘एमआइ–१७’ हेलिकप्टरमार्फत आवश्यक उपकरण सो क्षेत्रमा लगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही हालै सेनाले हेलिकप्टरबाट तीन वटा कम्प्रेसर, दुई वटा एस्काभेटर ढुवानी गरेको हो। लक्ष्य बमोजिमको प्रगति हासिल गर्न विभिन्न उपकरण आवश्यक परेकाले पूर्व स्वीकृत योजनाअनुसार ती सामग्री ढुवानी गरिएको निर्देशनालयले जनाएको छ।२०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला–टिंकर सडक(कोठेधार–टिंकर खण्ड)को ७५ किलोमिटर सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भएको थियो। सोही अनुसार २०७७ वैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आर्थिक वर्ष ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको थियो ।
सेना परिचालन भएको एक वर्षमै २०७७/०७८ मा सुनसेरा तथा दुम्लिङ्गामा क्याम्प निर्माण सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ। साथै १० माघ २०७८ को मन्त्रिपरिषद्को निर्णयबमोजिम तुसारपानी–कोठेधारसम्मको पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले धमाधम गरिरहेको छ। पाँच किमि सडकको ट्र्याक खोल्ने कार्य निर्धारित समयमै सम्पन्न गर्ने सेनाको लक्ष्य छ।सुनसेरा–तुसरापानीको तीन किमि सडकखण्ड २०७८ मा भएको भारी वर्षात्ले आएको पहिरोले क्षति पुर्याएको थियो। वर्षाले क्षति भएको सडक खण्डमध्ये १.५ किमि सडकको नयाँ ट्र्याक सडक विभागले पुनः खोलेको थियो। बाँकी सडकखण्डको निर्माणकार्य स्थानीयबासीको विरोधले हुन सकेको थिएन।
तर १८ चैत २०७८ मा निर्माण कार्यलाई अघि बढाउन जिम्मेवारी प्राप्त भएसँगै तुसारापानी खोलामा वैकल्पिक मार्गद्वारा सेनाले स्काभेटरसमेत पुर्याएर निर्माणकार्य गरेको छ भने लक्ष्यबमोजिम सुनसेरा तुसारापानी सडकखण्ड निर्माणका लागि विभिन्न हेभी निर्माण उपकरणहरू उक्त स्थानमा सेनाले ढुवानीसमेत गरिसकेको छ।नेपाली सेनाले नागरिक सैनिक कार्यक्रमअन्तर्गत नेपालभर नागरिकका आवश्यकताअनुसार स्वास्थ्य सेवा प्रदानदेखि पूर्वाधार विकासका काम गर्दै आएको छ। जसका कारण सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै गएको छ।बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडि बढ्न नसकेको हुँदा नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडकखण्ड निर्माण कार्यमा ढिलाई हुन नदिन २०७८ चैत १८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले एस्काभेटर पु¥याएको थियो ।