कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक शिक्षकको मृुत्यु भएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका-३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ शुक्लाफाँटा १० प्रगती टोलका ५५ वर्षीय केशवराज अवस्थीको घटनास्थलमै मृत्यु भएको हो ।
कञ्चनपुरको वेदकोट नगरपालिका दैजी छेला सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको हो।आइतवार दिउँसो वेदकोट नगरपालिका दैजी छेला सडक खण्डमा मोटर साइकल दुर्घटना अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अवस्थी लामो समय देखि शिक्षण पेसामा रहेका हाल शुक्लाफाँटा नगरपालिका गर्जमुनिस्थित शिव संकर माविमा कार्यरत थिए।
बाटोमा ठुला ढुंगा रहेकाले सवारी दुर्घटनाबाट उनको ज्यान गएको हुनसक्ने प्रारम्भीक अनुसन्धान बाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए । मृतक शिक्षक केशव राज अवस्थीको सव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । साथमा कोहि नभएकोले दुर्घटनाको कारण नखुलेको प्रहरी जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।