दार्चुला। दार्चुलाको किम्तडी भिरबाट लडेको चौरीगाईलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।
झण्डै १० दिन पहिले लडेको भिरमा फसेको चौरीगाईलाई सशस्त्र प्रहरीको विपद उद्धार टोलीले आइतबार मात्रै उद्धार गरेको हो । गाई धनीले घट्नाबारे सशस्त्र प्रहरीलाई आइतबार मात्रै खबर गरेकाले ढिलोगरि चौरीगाईको उद्धार भएको ४४ नम्बर गण हेडक्वाटर दार्चुलाले जनाएको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त भट्टको नेतृत्वमा खटिएको १३ जना सशस्त्र प्रहरीको टोलीले डोरीको सहायताले गाईको उद्धार गरेको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जगत डागाले जानकारी दिए। उनका अनुसार चौरीगाई सौका समुदायका मानिस हो। महाकाली नगरपालिका–५ मा रहेको किम्तडी वनमा सौका समुदायका मानिसहरू आफ्ना गाईबस्तुलाई चराउन लैजाने गरेका छन् । ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा बसोबास गर्ने सौका समुदायकाले चौरीगाई पाल्ने गर्दछन् ।