दार्चुला। दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना भएको छ। शनिबार राति दार्चुलाको मालिकार्जुन गाउँपालिका-१ मेलखेतमा म १ ज २३९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेको प्रचार प्रसारमा प्रयोग गरिएको उक्त जीप सडकबाट २५ मिटर तल खसेको थियो। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जीप मालिकार्जुन-७ का वडाध्यक्ष लोकेन्द्रसिंह धामीको रहेको प्रहरीले बताएको छ।