धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर १४ र १८ मा नेकपा एकीकृत समाजबादी र माओवादी केन्द्र बिच निर्वाचनमा जाने सहमती भएको छ।
आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा धनगढी वडा नम्बर १४ र १८ मा नेकपा एकीकृत समाजबादी र माओवादी केन्द्र बिच गठबन्धन भैसकेको अवस्थामा निर्वाचनमा जाने सहमती भएको नेकपा माओवादी केन्द्रका नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए । उनले बाँकी वडाहरुमा पनी ५ दलीय सत्ता गठन्धनबिच निर्वाचनमा जाने कुरा भैरहेको जानकारी दिएका छन् ।यस्तै
नेकपा एकीकृत समाजबादी धनगढीका अध्यक्ष मदन रेग्मीले एक प्रेस बिज्ञप्ती जारी गर्दै स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन भैसकेको अवस्थामा वडा नम्बर १४ र १८ मा नेकपा एस र माओवादी केन्द्र बिच वडास्तरिय गठबन्धन अनुसार जाने सहमती भएको उल्लेख गरेका छन् । साथै अन्य वडामा पनी नेकपा एकीकृत समाजबादी र माओवादी केन्द्र बिच वडास्तरिय गठबन्धनको प्रयासरत रहेको जनाएका छन् । साथै सत्ता गठबन्धनबाट उम्मेदवारलाई मतदान गर्न अनुरोध समेत गरेका छन् ।