सुदूरपश्चिम। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि सुदूरपश्चिम प्रदेशबाट ९ सय बढी जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ९ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । सुदूरपश्चिममा स्थानीय तह निर्वाचनकालागि ११ हजार ७६२ जनाको उम्मेदवारी दर्ता भएको थियो।
देशभर करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा सुदूरपश्चिम प्रदेशबाट सो सङ्ख्यामा उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।यस्तै देशभर करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनले भने, ‘त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ। आज चुनाव चिन्ह प्रदान हुन्छ।’शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ। यहाँ हेर्नुहोस सुदूरपश्चिमसहित देशभर उम्मेदवारी फिर्ता गर्नेको सूची: https://drive.google.com/file/d/1LyuaYXGy6hViBh4kBPxccAuz7IAi3cPc/view
-210.png)
-211.png)
-212.png)
-213.png)
-214.png)
-215.png)
-216.png)
-217.png)
-218.png)
-219.png)
-220.png)
-221.png)
-222.png)
-223.png)
-224.png)
-225.png)
-226.png)
-227.png)
-228.png)
-229.png)
-230.png)
-231.png)
-232.png)
-233.png)
-234.png)
-235.png)
-236.png)
-237.png)

