धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। बिहीबार विहान धनगढी उपमहानगरपालिकामा रहेको बेहडाबाबा मन्दिरमा पुगेर हमालले भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका हुन्।
हमालले भने, ‘पछिल्लो समय जनतामा एउटा खालको अविश्वास पायौं। ‘पछिल्लो समय जनतामा एउटा खालको अविश्वास पायौं। धेरै खालका भ्रम पनि सिर्जना भएका रहेछन्,’‘त्यसैले धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भए, कुनै पनि किसिमको भ्रष्टाचार गर्दैन भनेर भगवानलाई सांक्षी राखेर प्रतिज्ञा गरेको हुँ।’ राजनीति पेशा नभएर सेवा हो भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवार बनेको बताए । धेरै खालका भ्रम पनि सिर्जना भएका रहेछन्,’ हमालले भने, ‘त्यसैले धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भए, कुनै पनि किसिमको भ्रष्टाचार गर्दैन भनेर भगवानलाई सांक्षी राखेर प्रतिज्ञा गरेको हुँ।’
राजनीति पेशा नभएर सेवा हो भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवार बनेको हमालको भनाई थियो। उनले अन्य उम्मेदवारलाई पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्न आग्रह गरेका छन्। ‘जो अहिले उम्मेदवार हुनुभएको छ, उहाँहरुले आस्थाअनुसार भ्रष्टाचार नगर्ने कसम खाँदा हुन्छ,’ उनले भने, ‘बहालवालाले अहिलेसम्म पनि भ्रष्टाचार गरेन र अब पनि गर्दैन भन्ने कसम खानु पर्यो। जनताले पनि भोट माग्न आउने नेताहरुलाई आफ्नो आस्था भएको ठाउँमा कसम खाना लगाउनुहोस्। किनभने जनताको सामुन्नेमा खाएका बाचाहरु अहिलेसम्म नटुटेको भए, यो अवस्था आउने थिएन होला।’ हमालसँगै धनगढीको वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार सिद्धराज पनेरु, ५ नम्बरका पदमराज भट्ट, १४ नम्बरका वडा अध्यक्षका उम्मेदवार यमबहादुर लामिछाने मगर र १५ का उम्मेदवार कमलबादुर ढाँटले पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्।