धनगढी । धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमै रहेको धनगढी नमुना प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आधा कोर्ष पनि नपढेर एसईई परीक्षा दिन बाध्य छन् ।
प्राविधिक शिक्षा अन्तरगत कक्षा ९ बाटै सिभिल इन्जिनियरिङ समेत सञ्चालन गरिरहेको यस विद्यालयमा अध्ययनरत बिध्यार्थिहरु पूरा कोर्ष नपढेरै हाल सञ्चालन भइरहेको एसईई परीक्षामा सहभागी छन् ।नमुना विद्यालय र प्राविधिक शिक्षाका नाममा राज्यबाट बर्सेनि लाखौ रुपैयाँ अनुदान पाउने गरेको भए पनि नत नमुना विद्यालयमा हुनुपर्ने मापदण्ड पूरा गरिरहेको छ न त प्राविधिक तर्फको पढाई लाई नै गुणात्मक बनाउन सकेको छ ।
खास गरी प्राविधिक तर्फको विज्ञान र गणितको कोर्ष आधा मात्र पढाएको त्यहाँ अध्ययनरत विद्यार्थीको दुखेसो छ । विज्ञान विषयमा त आधा कोर्ष नै बाँकी रहेको विद्यार्थीले बताएका छन् । विज्ञान पढाउने शिक्षक जयप्रकाश भट्टले विद्यालयको व्यवस्थापनले सहयोग नगर्दा ५० प्रतिशत मात्र कोर्ष पढाएको स्विकारेका छन् । उनले भने कोभिडका कारण विद्यालय सञ्चालन ढिलो भयो, मेरो कोर्ष सकिएको छैन भन्दा पनि प्राचार्यले वास्ता गरेनन् । तर उनको जवाफ गैर जिम्मेवार रहेको छ । उनले भने- म ईमान्दार शिक्षक हु, अरु वर्ष र अन्य कक्षामा त कोर्ष सकेको छु नि तपाईँले बुझ्दा हुन्छ, कक्षा दसमा मात्र सकिएन ५० देखि ५५ नम्बर को पढाएकै छु, त्यति पढे पनि पास भईहाल्छन नि ।
यस्तै गणित विषयको हालत पनि रहेको छ । गणित विषयको पनि आधा कोर्ष मात्र पढाइ भएको थियो एक अभिभावकले भने पटक पटक विद्यालयमा गएर गुनासो गरेपछि अन्तिममा आएर दुई चार दिनमा छुटेको कोर्ष पढाए जस्तो मात्र गरे । गणित बिषयकी शिक्षिका गीता रानाले पनि आफ्नो पढाइ सँगै गर्नु पर्ने भएकाले समयमा पूरा कोर्ष पढाउन नसकेको स्विकारेकी छन् । विद्यालयमा होम वर्क चेक समेत नहुने गरेको विद्यार्थीको गुनासो छ । अहिले नपढेरै एसईई परीक्षा दिँदा परीक्षा बिग्रिएपछि अभिभावक निकै आक्रोशित भएका छन् । पटक पटक पढाईमा लापरबाही भइरहेकोबारे बिध्यालमा गएरै गुनासो गर्दा पनि विद्यालय प्रशासनले सुधार नगरेको अभिभावकको गुनासो छ । एक अभिभावले भने प्राविधिक शिक्षा पढाएर बालबालिकाको भविष्य राम्रो होला भनेर अरु विद्यालयबाट धनगढी नमुना माबिमा भर्ना गरे, यहाँ त झन् भविष्य नै बिग्रने देखियो । यता विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले भने शिक्षक तथा विद्यार्थीले आफूलाई कोर्ष नसकिएको बारे समयमा जानकारी नगराएको दाबी गरिरहेका छन् ।


