दार्चुला । दार्चुलामा सोमवार बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।दार्चुलाको शैल्यशखिर नगरपालिका-२ रतौडामा महाकाली यातायातको ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा ६ वर्षीय अमृत कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा गोकुलेश्वरबाट मार्मा गईरहेको बसको ठक्करबाट कपाडीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


