अछाम। अछाममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी नेपाली सेना बोकेको भ्यान (गाडी) दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।
स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जना लागेका नेपाली सेना बोकेको भ्यान (गाडी) जमालगाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते ५ जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।