धनगढी। कैलालीको धनगढी उपमहानगरपालीका ९ गौरीपुरबाट बेवारिसे अवस्थामा भन्सार छलिका समानहरू बरामद गरिएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले ७ लाख १५ हजार बराबरको भन्सार छलिका समानहरु बरामद गरेको हो।
धनगढी ९ गौरीपुर स्थित सडक खण्डमा बेवारिसे अवस्थामा कपडाका थानहरू, लेडिज सुट, वाल पेन्ट लगायत अन्दाजी ७ लाख १५ हजार बराबरको समानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरेका समानहरू आवश्यक कारबाहीका लागी आजै कैलाली भन्सार कार्यालय त्रिनगर कैलाली पठाइएको प्रहरीले जनाएको छ ।


