दार्चुला। दार्चुलामा एकचितुवा मृत अवस्थामा फेला परेको छ।दार्चुलाको लेकम गाउँपालिका-२ कुणीमा एक चितुवा मृत फेला परेको हो। स्थानीयले मृत चितुवा देखेपछि वन कार्यालय र प्रहरीलाई खबर गरेको जनाइएको छ ।
वन डिभिजन कार्यालय दार्चुला, रातामाटा प्रहरी कार्यालय र त्यहाँका प्रतिनिधिलगायतको रहोबरमा चितुवालाई खाडलमा गाडिएको छ। चितुवाको मृत्यु के कसरी भयो भन्ने बारे अहिले केही खुलेको छैन।


