कञ्चनपुर।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ। अचानक बेहोस भएका दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ घर भएका ४० वर्षीय बिष्टको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनले बताए। उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।


