धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री रावलसहितको टोली बुधबार बिहान कैलाली(कञ्चनपुरको सिमानाका गौरीफन्टा पुगेको हो ।
रोजगारीका लागि भारत गएकाहरूले स्वदेश फर्कने क्रममा बढेसँगै सिमानाकाको अवस्था बुझ्नको लागि मन्त्री रावलले नाकाको निरीक्षण गरेका हुन् । नयाँ वर्ष मनाउन घर फर्कने नेपालीलाईको अवस्था बुझ्नको लागि मन्त्री सहित कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले सिमानाकाको निरीक्षण गरेका हुन् ।
मन्त्री रावलले घर फर्किरहेका नेपालीसँग सिमामा हुने ज्यादतीका बारेमा कुराकानी समेत गरेका थिए । नयाँ वर्ष मनाउनको लागि यति वेला सो नाकाबाट मात्रै दैनिक हजारौँ नेपाली स्वदेश फर्किरहेका छन् ।


