धनगढी। सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट कामको सिलसिलामा भारत गएकाहरु नयाँ बर्ष नजिकीएसँगै घर फर्किन थालेका छन् । नयाँ बर्ष अर्थात बिसु पर्व नजिकीएसँगै भारत गएका सुदुरपश्चिमेली हरु दैनिक सयौँ संख्यामा घर फर्किरहेका हुन् ।
रोजगारीका अवसर नहुँदा सुदूरपश्चिमका सबै जिल्लाका अधिकांश सर्वसाधारण मजदुरीको लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्। अहिले सुदुरपश्चिमका गौरीफन्टा नाका तथा गड्डाचौकी नाका हुँदै घर फर्किनेहरुको भिड बढेको छ । अहिले गौरीफन्टा नाका भएर दैनिक सात ८ सय देखी ९ सय जना नेपाल भित्रीरहेका छन् ।
बिगत बर्षमा कोरोनाका कारण नयाँ बर्ष अर्थात बिसु पर्व मनाउन नपाएपनी यस बर्ष घर परिवारसँगै मनाउन पाउँदा खुसी लागेको बताएका छन् । गौरीफन्टा नाका भएर भारतको राजस्थानबाट डोटी जाँदै गरेका गिरी चोखालले बिसु पर्व मनाउन घर फर्किरहेको बताए। उनले बिगत २,३ बर्ष कोरोनाका कारण बिसु मनाउन नपाइएकाले यो बर्ष घरपरिवारसँगै बसेर मनाउने जानकारी दिए ।
शेर बहादुर बोहरा पनी पञ्जाबबाट बिसु पर्व मनाउनकै लागी घर आएको बताउँछन् । आफु मजदुरी गर्न भारत गएको बताउँदै नयाँ बर्षमा घर आउँदा सुखी लागेको छ उनले भने । नयाँ बर्षमा रामै्रसँग मनाउने बताउँदै घर आउने भएपछि बालबच्चाहरु पनी सुखी छन् उनले भने । अब स्थानिय चुनाबको समय पनी छ, भोट हाल्न पाइने, जे होस, गाउँका अन्य साथीहरु पनी आएका छन् रमाईलो हुन्छ बिसुमा उनले भने । यस्तै चेत बहादुर भण्डारी पनी नयाँ बर्ष तथा बिसुका लागी सर सामानको झोला बोकेर गौरीफन्टा नाकाबाट घर जान अटोरिक्सामा बस्दै थिए । नयाँ बर्षमाघरपरिवारका लागी नयाँ लुगा कपडा लिएर आएको बताए । उनले भने आफु सहित ५ जना आएको बताउँदै अघिल्लो सालमा कोरोनाका कारण डर त्रास थियो । यो बर्ष राम्रो छ, त्यस्तो कोरोना डर त्रास केही छैन् उनले भने ।
धनगढीको जाख्खोर ताल घर भई भारतको पञ्चाब गएका तारासिँह चन्द पनी गौरीपन्टा सिमानाका भएर घर फकिएका छन् । उनले भने ३ साल भयो बिसु पर्व मनाउन पाइएन् । यो पाली मौका मिलेर आएको बताए, अब कामका लागी भारत नजाने र अब यहीँ केही गर्ने, उनले भने । यस्तै कामका साथै पढाईका लागी भारत गएका डोटी के आइसिँह गाउँपालीकाका धोज बहादुर बिकले ३ बर्ष पछि घर फर्केको बताए ।उनले भने, घर परिवारसँग नबसेको धेरै समय पनी भयो । यो पाला घर परिवारसँग बसेर बिसु मनाउन जाँदै गरेको बताए । त्रिनगर हेल्थ डेक्स ईञ्चार्ज गणेश बहादुर साउँदका अनुसार अहिले दैनिक भारतबाट सात आठ सय जना नेपाल भित्रीरहेको जानकारी दिए । चैते दशैँ, अस्टमी तथा नयाँ बर्ष मनाउन केही दिन यता जाने भन्दा आउनेको सँख्या बढेको बताएका छन् । यस्तै गौरीफन्टा सिमानाका भएर नेपाल भित्रीनेहरु माथी अटो रिक्सा तथा होटल ब्यवसायीले अनाश्यक तानातान गर्ने गुनासो समेत गरेका छन् ।



