कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मोटरमा जडान गरेको पानीको नल चलाउने क्रममा करेन्ट लाग्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देवी खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार आफ्नै आँगनमा रहेको मोटर जडान गरेको पानीको नल चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


