कैलाली। कैलालीको मोहन्यालमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीका अनुसार मोहन्यालमा ३२ बर्ष श्रीमतीले आपनै श्रीमानको हत्या गरेकी हुन् ।
मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ बर्षका श्रीमान नारायण बुढा मगरको हत्या गरेकी हुन् । दुई जनाबीच (श्रीमान-श्रीमती) विवाद भएको थियो । चुमा थापा बुढामगरले आइतबार राती १२ बजे हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यलय पणडौनमा जानकारी गराइएकी छन् ।
मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अबस्थामा छ। मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय बाट घटना तर्फ टोलि खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबक्ता जोशीले जानकारी दिए। उनका ७ बर्ष र ११ बर्षका २ छोरा रहेका छन् ।


