धनगढी। धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन सुरु भएको छ । नयाँ वर्षको पुर्व सन्ध्यामा मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ को आठौ संस्करण सुरु भएको हो ।
‘अब धनगढी दौडिन्छ’ कार्यक्रम हाफ म्याराथन दौड प्रतियोगिता हो। प्रतियोगिताका संयोजक महेश्वर ओझाले चैत २६ गते धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ सुरु भएको बताए । उनले धनगढी रंगशालाबाट शुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए ।सबैभन्दा अगाडी गोपी चन्द्र पार्की अगाडी छन् । उनले अहिलेसम्म १४ किमी पार गरिसकेका छन् । संयोजक ओझाका अनुसार उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र सञ्चार तथा ५ किलोमिटरकै ट्राइसाकल रेस आयोजना गरिने जनाईएको छ । दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए ।यसैगरी कर्पोरेट र सञ्चार, महिला, विद्यार्थीहरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए । यसैगरी र ट्राई साइकल रेसमा सहभागी हुने सबैलाई पुरस्कारको ब्यवस्था गरीएको आयोजकले जनाएको छ।लाईभ हेर्नुहोस भिडियो सौजन्य खवर एण्ड लाईभ https://www.facebook.com/khabarandlive/videos/1147929726009521