धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले पदभार ग्रहण गरेका छन्। शुक्रबार राती ९ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गई रावलले पदभार ग्रहण गरेका हुन्।
रावल आजै मन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रावलसहित गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन्। अर्थ राज्यमन्त्रीबाट अमर साउद नियुक्त भएका छन्। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको छ।नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाइएको छ। तर स्थानीय चुनावमा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको छ।