धनगढी। भुमिहिन, सुकुम्बासी, दलित हरुलाई जग्गाधनी पुर्जा वितरण शुरु भएको छ । कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर ९ मा एक कार्यक्रम आयोजना गरी जग्गाधनी पुर्जा वितरण शुरु भएको हो । प्रधानमन्त्री देउवा पत्नी तथा समाजसेवी आरजु राणा देउवाले भुमिहिन, सुकुम्बासी, दलितहरुलाई जग्गाधनी पुर्जा वितरण गर्दै कार्यक्रमको सुभारम्भ गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन दलितहरु खुशी छन् ।
बषौँ देखी जग्गाधनी पुर्जाको पर्खाइमा बसेका भुमिहिन, सुकुम्बासी, दलितहरु जग्गाधनी पुर्जा पाएपछि खुशी छन् । जगाधनी पुर्जा अभावकै कारण भएको जमिनपनि गुम्ने होकी भन्ने चिन्तामा उनिहरु थिए । पुर्जा नहुँदा केही काम गर्नका लागी ऋण निकाल्नै उनिहरुलाई समस्या थियो, अब भने श्रृण निकालेर आय आर्जनकालागी पनि सहज भएको पुर्जा प्राप्त गरेका धनगढी उप महानगरपालिका ९ का नागरिक बशन्ती पार्की ।
स्थानिय सरकारको ५ बर्षे कार्यकाल सकिनै लाग्दा सरकारले भुमिहिन, सुकुम्बासी, दलितहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण शुरु गरेको छ । राजनितिक खिचातानीका कारण भुमि आयोग गठनमै ढिलाई र त्यसपछि देशको राजनितिक परिवर्तनका कारण कार्यकालको अन्तमा पुग्दा भुमिहिन, सुकुम्बासी, दलित जनताहरुलाई जग्गाधनी पुर्जा वितरण शुरु भएको जनप्रतिनिधीले बताएका छन् । वडाका २२ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको छ, भने वितरण कार्यलाई निरन्तरता दिइने धनगढी उप महानगरपालिका मेयर नृप बहादूर वडले बताएका छन् ।
जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले काग्रेंसको सरकार मात्रै जनताका पक्षमा काम गर्ने दावी गरिन्। साढे ३ बर्षसम्म ओली नेतृत्वको सरकारले गर्न नसकेको काम काग्रेंस नेतृत्वको सरकारले ९ महिनामै गरेर देखाएको उनको दावी छ । उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन । स्थानीय तहको निर्वाचन अगाडी जनप्रतिनिधीहरुले आफ्नो कार्यकालको अन्तिममा आएर जग्गाधनी पुर्जा वितरण गर्दा निर्वाचनलाई केन्द्रित गरेर मात्रै होकी भन्ने नागरिकमा आशंका छ । त्यसैले जनप्रतिनिधीहरु पुर्जा वितरण कार्यक्रम लाई निरन्तरता दिन जरुरी छ ।