काठमाण्डौँ। नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो। प्रहरी प्रधान कार्यालयले पछिल्लो १९ महिनादेखि गर्न नसकेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा आज निकालेको छ।
२०७९ वैशाख महिनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन आचार संहिता शुक्रबारदेखि लागू हुने भएपछि त्यसअघि नै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीसहित अन्य कर्मचारीको पनि सरुवा बढुवा गरेको हो।हेर्नुहोस यहाँ को-कहाँ पुगे https://drive.google.com/file/d/1ntO-Ndlj9xKUS83vAC60Uzv-IMMz7MUv/view