धनगढी। धनगढीको खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सेस कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको अभाव र विद्यालयले कुनै पनि शैक्षिक सामाग्रीमा चासो नदेखाएको भन्दै आन्दोलित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
उक्त कलेजमा अध्यनरत विद्यार्थी चन्द्र भट्टका अनुसार विद्यार्थीहरुलाई चाहिने लाइबेरीमा पुस्तक, कम्युटर ल्यावमा अधिकांश बिग्रेका कम्युटर व्यबस्थापनका बिषयमा कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो ।कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
पढाई सुरु भएको चार महिना हुँदा पनि रकम मात्रै असुल्ने तर गुणस्तरीय शिक्षामा चासो नदिएको विद्यार्थी पुष्पराज भट्टले बताए । उनलेपढाई सुरु भएको चार महिना पुगिसक्यो‘रकम मात्रै असुल्ने गुणस्तरीय शिक्षामा चासो नदिएको बताए । शिक्षकहरु नआएको एक महिना भयो पढाइ नभएर कसरी परिक्षा दिने हो उनले भने । बिषयमा कलेज व्यबस्थापन संग जिज्ञासा राख्दा कुनै प्रतिकृया दिन चाहेनन् ।


