धनगढी। धनगढी उप महानगरपालिकामा मेट्रिक ठेगाना प्रणाली अन्तर्गत घर नम्बर प्लेट जडान शुरु गरिएको छ।
आज एक कार्यक्रमका बिच धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले घर नम्बर प्लेट जडान शुरु गरेका हुन् । धनगढीको एलएन मार्गका घरमा प्लेट जडान गर्दै मेयर वडले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् । घर नम्बर प्लेट जडान गर्दै मेयर वडले कोभिड १९ का कारण घर नम्बर प्लेट जडान गर्न ढिलाई भएको बताए ।
अहिले वडा नम्बर १ बाट ५ लाई प्रार्थमिकतामा राखेर जडान गर्ने बताउँदै मेयर वडले पछि सबै वडामा जडान गरिने जानकारी दिए । यसले सबै उप महानगरबासीलाई स्थानिय तहबाट प्रदान हुने सेवा सुबिधा र जनताले तिर्नुपर्ने राजश्य लगायतका बिषयमा जोड्ने उनले बताएका छन् ।
साथै सबै काममा सहजता प्रदान हुने र सुचनामापनि सहज हुने उनको भनाई छ। कार्यक्रमबारे प्रकाश पार्दै धनगढी उप महानगरपालिकाका इन्जिनियर दीजराज भट्टले मान्छेहरु सिधै ठेगानासम्म पुग्न र सो ठेगानासम्म खबर पु¥याउनका लागी घर नम्बर प्लेटले महत्वपुर्ण भुमिका खेल्ने बताए । अब सबै सेवा सुबिधाका लागी यही घर नम्बरबाट प्रदान हुने उनको भनाई छ ।