धनगढी। धनगढी उपमहानगरपालीकाको मेयर पदमा जागृती बोगटीले उमेदवारी घोषणा गरेकी छिन् । नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति समेत रहेकी बोगटीले वडा कार्यसमितिको उमेदवारी छनौट तथा भेटघाट बैठकमा आफुले मेयर पदमा उमेदवारी घोषणा गरेको बताएकी हुन् ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बिभिन्न वडाहरुमा अध्यक्ष र सदस्य पदकालागी उमेदवारको चयन पक्रिया चलिरहेको छ। सो क्रममा आफुले मेयर पदमा उम्मेदवार बन्ने उनले बताएकी हुन् ।
को हुन बोगटी ? – बोगटी लामो समय देखी समाजसेवा सँगै राजनीतीमा सक्रिय रुपमा अगाडी बढीरहेकी छिन्। उनले यहाँसम्म आउन थुप्रै सँघर्ष गर्नुपर्यो । बोगटी २०४६ सालको जनआन्दोलन देखी हालसम्म समाजसेवासँगै राजनीतीमा सक्रिय रुपमा अगाडी बढीरहेकी छिन् । डोटी जिल्लामा रहँदा पनी थुपै राजनिती क्रान्तीमा उनको भुमिका रहदै आएको छ । हुन त थुप्रै समाजसेवासँगै राजनितीमा होमिएकी बोगटी जहानिया राणा सासनको अन्त्यकालागी शिवराज पन्तको अगुवामा भएको क्रान्तीमा ससुराल तथा उनको माईती पक्षबाट सक्रिय भुमिका रहेको उनको स्मरणमा ताजै छ । २०६२ सालको दोसो जन आन्दोलनमा पनी सक्रिय रुपमा राजनितीक क्षेत्रमा लागी रहिन् । त्यसपछि नेपाली काँग्रेसको संगठन निर्माण गर्न कैलालीमा ब्युटिसीयन सेवा संस्थापक भई क्षत्रिय संयोजन रही नेपाल महिला संघ धनगढीको नगरसभापती रहेकी छिन् ।
यस्तै नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्य रहेकी छन् । यस्तै समाज सेवा लगायत शिक्षा क्षेत्रमा पनी उनको अमुल्य योगदान रहेको छ । कैलालीको धनगढीस्थीत त्रिनगर माध्यमिक बिद्यालयको ब्यवस्थापन समितीको अध्यक्ष समेत काम गरीसकेकी छिन् उनले ।
यस्तै नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा तत्कालीन कैलाली क्षेत्र नम्बर ६ बाट चुनाव लड्दा ट्रेड युनियन काँग्रेसको तर्फबाट प्रचार प्रसार समितीको संयोजक, समेत रहीसकेको उनले बताएकी छिन् ।क्षेत्री समाज राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्ष एंव मेची महाकाली बुहारी संयुक्त आवाजकी कैलाली जिल्ला संयोजक समेत हुन ।
बोगटीले मेयर पदमा उमेदवारी धनगढी उपमहानगरपालीको बिकासका साथै महिला हकहित स्थापीतकोलागी भएको भनाई छ । बिश्वमै फैलिएको कोरोना सँक्रमणको समयमा पनी उनले कैलालीका बिभिन्न सिमानाकामा आउने नेपाली तथा सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेकी थिइन् । साथै उक्त समयमा दिनरात खटिएर काम गरेको,अलपत्र परेका नेपालीको दिल्लीमा बस्ने खानापिनको व्यवस्था सहित नेपालसम्म पुर्याउनु ठुलो योगदान रहेको छ। यस्तै रातिको १२ बजेसम्म गौरीफंटा नाकाबाट भारतमा बसेका अलपत्र नेपालीहरुको उद्धार गरि आ-आफ्नो गन्तव्य तिर पठाउने व्यवस्था समेत गरेको उनले बताएकी छिन्।
यस्तै सो समयमा सुदुरपश्चिमका बिभिन्न अस्पताल, स्वास्थ्य चौकीहरुमा बिभिन्न संघ संस्थाको पहलमा औषधीको ब्यवस्था तथा कोरोनाको सुरक्षाका लागी बिभिन्न स्वास्थ्य सामाग्री पठाएर सहयोग गरेकी थिइन् । आफुले यो सँगै बिभिन्न क्षेत्रमा काम गरेको उनको अनुभब छ। साथै उनले आफुले गरेको कार्य जनताले महसुस समेत गरेकाले जनता पनी आफुसँगै रहेको पनी बताएकी छिन् । यस्मा सबैको साथ सहयोग रहने बिश्वास समेत लिएकी छिन् । जन प्रतीनिधीको रुपमा आएमा सम्पुर्ण समय जनताकैलागी खर्चिने र जनताकै पक्षमा हुने उनले जानकारी दिएकी छिन् ।