कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्युपछि गरिएको चक्काजाम खुलेको छ। सोमबार कञ्चनपुरको महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको ना४ख ४४६६ नम्बरको बसले भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा ठक्कर दिँदा साईकलमा सवार मन्जु बुडालको ज्यान गएको थियो।
सामान किनेर बाटो पार गर्न खोज्दा बसले ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु पश्चात महेन्द्रनगर बजार तनाव ग्रस्त हुनुका साथै चक्काजाम गरिएको थियो। उनीहरुले सडकमा टायर समेत जलाएका थिए। चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको थियो। चक्काजाम खुलेपछि सवारीसाधनहरु सन्चालनमा आएका छन्। मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्। सो बसका चालक शुक्लाफाँटा नगरपालीका ११ का रोशन बोहरा प्रहरीको नियन्त्रणमा रहेका छन ।